बरहथवा : सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेको छ।
बलरा नगरपालिका-३ स्थित लक्ष्मीपुरका १२ वर्षीय अंकित ठाकुरको शव आज पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बिहान घरदेखि दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठकानुसार गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिँडेका बालक बेपत्ता भएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए।