
ईश्वरपुर : नेपाली यु-१९ महिला क्रिकेट टोलीलाई विश्वकपसम्म पुर्याउन सफल कप्तान पूजा महतोलाई सर्लाहीको ईश्वरपुर नगरपालिकाले पनि सम्मान गरेको छ।
आज (बिहीबार) एक कार्यक्रम गरी कप्तान महतोलाई नगरपालिकाले ३१ हजार रुपैयाँसहित सम्मान गरेको हो।
नगरपालिकाको आयोजनामा नारायण माध्यमिक विधालय केशंरगञ्जको प्राङ्गणमा कप्तान महतोलाई नगर प्रमुखले सम्मान गरेका हुन्।
नेपाललाई पहिलो पटक आइसिसी महिला यू-१९ विश्वकपमा पुर्याउन पूजाको विशेष भूमिका रहकाले सम्मान गरिएको नगर प्रमुख आचार्यले बताए।
कार्यक्रममा पूर्वप्रतिनिधि सभा सदस्य प्रमोद साह, वडा नं ५ का वडाध्यक्ष पंची महतो, वडा नं ६ का वडाध्यक्ष रहमत अन्सारी, वडा नं ७ का वडाध्यक्ष नाथुराम चौधरी, युवा व्यवसायी सन्तोष झा, दीपेन्द्र साह, समाजसेवी रामचन्द्र महतो, नारायण माध्यमिक विधालयका प्रधानाध्यापक फणिराज बराललगागयको उपस्थिति थियो।
कप्तान पूजालाई यसअघि पनि विभिन्न संघ संस्थाले सम्मान गरेका थिए।
यो पनि पढ्नुहोस्