
मलंगवा : यातायात व्यवस्था कार्यालय मलंगवाका कार्यालय प्रमुख राकेश यादवको सरुवा भएको छ।
उनको स्थानमा श्रम तथा यातायात मन्त्रालयले शशि प्रसाद यादवलाई पठाएको छ।
स्थापना कालदेखि रहेका राकेश यादवले कार्यालयमा बिचौलिया रोक्न नसकेको र सेवाग्राहीलाई सहज तरिकाले सेवा दिन नसकेको भन्दै मन्त्रालयले उनको सरुवा गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
शशिप्रसाद यादवले कार्यालयमा हाजिर भएर कार्याभर सम्हालिसकेका छन्।
यातायात व्यवस्था कार्यालय मलंगवामा अनियमितता बढेको र सर्वसाधरणले दुःख पाएको लगायत समाचार र भिडियो स्टोरी सर्लाही न्युजबाट पनि प्रसारण भएको थियो।
समाचारलगायत सामग्री प्रकाशन भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रलायले कार्यालय प्रमुख राकेशसँग सोधपुछसमेत गरेको थियो।
यो सामग्री पढ्नुहोस् :
यातायात कार्यालय मलंगवा बिचौलियाको कब्जामा, सेवाग्राही देख्दा रिसले आगो हुन्छन् कर्मचारी