शिक्षकको माग राख्दै सिरहामा विद्यार्थीले गरे सडक आन्दोलन

लहानः सिरहामा विद्यार्थीले विभिन्न माग राखेर प्रदर्शन गरेका छन्।

जिल्लाको विष्णुपुरस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले आज सडक प्रदर्शन गरेका हुन्।

गौरीपुरमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूले राम्रो पढाइ हुनुपर्ने,शौचालयको उचित व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आज प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले विज्ञान विषयको प्रयोगशाला हुनुपर्ने,कम्प्युटर कक्षा सञ्चालन गरिनुपर्ने,शौचालय नहुँदा विभिन्न समस्या भोग्नुपरेको भन्दै प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले शिक्षक नियुक्तिको माग पनि राखेका थिए।

विद्यालय व्यवस्थापन समितिसँग विवाद भएको र पछि सहमिति भएर टुंग्याइएको सिरहाका प्रमुख जिल्ला अधिकारी रमेश पण्डितले सर्लाही न्युजलाई जानकारी दिए।

सम्बन्धित समाचार

सबै