सर्लाहीमा चार चक्के रथको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

गोडैता : सर्लाहीमा चार चक्के रथको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

बलरा नगरपालिका-२ हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी ३ वर्षीया छोरी सोहानी कुमारीको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारतको मेजरगंजस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार रथ चालकको खोजी र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

सबै