
लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमका अनुसार शनिबार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ बढाइएको हो।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ।