महोत्तरीमा १९ वर्षीय महिलाको बीभत्स हत्या

गोडैता : महोत्तरीमा एक महिलाको बीभत्स हत्या भएको छ।

गौशाला नगरपालिका वडा नम्बर- ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुस्बुको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

हत्या भएको अवस्थामा खुस्बुको शव गौशाला नगरपालिका-५ स्थित विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको थियो।

शनिवार राति घरबाट निस्केकी खुस्बुको शव आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो।

मृतकको शव पोस्टमार्टमका  लागि जलेश्वर पठाइएको छ। मृतकका माइती पक्षका अनुसार गत विवाहपञ्चमीका दिन खुश्बुको विवाह भएको थियो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै