महोत्तरीमा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बर्दिबास : महोत्तरीमा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।

पिपरा गाउँपालिका-६ रतौल बस्ने राजु साह सोनारका तीन वर्षीय छोरा आशिकको घर नजिकैको पोखरीमा सोमबार दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

पानीमा डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै