खेतमा राखिएको धरापमा करेन्ट लागेर धनुषाका युवकको मृत्यु

जनकपुरधामः करेन्ट लागेर धनुषामा ३० वर्षीय एक युवकको मृत्यु भएको छ।

आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भइनसकेको तर वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धरापमा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार

सबै