
रौतहट : रौतहटमा मालबाहक ट्रक र स्कोर्पियो एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चाँदी पुलमा मंगलबार बिहान मालबाहक ट्रक र स्कोर्पियो एक आपसमा ठोक्किएका हुन्।
चन्द्रनिगाहपुरबाट सर्लाही आउँदै गरेको ना. ४ च. ३६९४ नम्बरको स्कोर्पियो र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७२९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा स्कोर्पियोको चालकसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
दुर्घटनामा रौतहट मौलापुर नगरपालिका ३ का २० वर्षिय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का १८ वर्षिय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षिय स्कारपिओ चालक रामविनोद महतो, सोही नगरपालिका वडा नम्वर २ का १८ वर्षीय प्रदीप कुशवाहा र बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहा घाइते भएका छन्।
घाइतेमध्ये बाराको सिम्रौनगढ नगरपालिका-७ का सन्तोष कुशवाहा गम्भीर घाइते भएका छ्न्। उनको अवस्था चिन्ताजनक रहेको छ।