सिन्धुलीमा भैँसीले हान्दा वृद्धको मृत्यु

लालबन्दी : सिन्धुलीको सुनकोसी गाउँपालिका-३, नौबिसेमा बिहीबार भैँसीले हान्दा वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

भैँसीले हान्दा घटनास्थलमै घर्तीको ज्यान गएको हो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै