धनुषामा जुवातास खेलिरहेका २ जना पक्राउ, एक जना सर्लाहीका

लालबन्दी : मिथिला नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सर्लाहीका एक जनासहित २ जनालाई पक्राउ गरेको छ।

पर्नेमा बर्दिबास नगरपालिका ५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षका सुकमान पाख्रिन रहेका प्रहरीले जनाएको छ।

मिथिला नगरपालिका-११ बाहुनमारामा दिनेश थापाको घरमा २६ गते राति जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रुपैयाँसहित पक्राउ गरेको हो। जुवातास खेलमा संलग्न अन्य केही फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

सबै