बागमती : सर्लाहीको बागमती नगरपालिकास्थित आदर्श जनता क्याम्पस कर्मैयामा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल नै निर्विरोध निर्वाचित भएको छ।
मंगलबार भएको निर्वाचनमा सभापतिमा रेवेन्द्र दाहाल, सचिवमा अभिषेक मैनाली, कोषाध्यक्षमा साकार घिमिरे निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको हो ।
बाँकी तीन सदस्यमा पनि अखिल क्रान्तिकारीकै सदस्यहरु सन्जित कुमार कुश्वाहा,सिन्कु यादव र लिला घिमिरे निर्विरोध निर्वाचित भएका हुन्।