महोत्तरी : महोत्तरीबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छ्न्।
बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौँ टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा ट्रकको माथि टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी मिनी ट्रक चालक सलिनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।