
मलंगवा : नेपाल प्रहरीको इन्सपेक्टर हुँ भन्दै होटल सञ्चालकलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० स्थित सहारा गेस्ट हाउसका सञ्चालकलाई धम्क्याएको आरोपमा प्रहरीले हरिवन नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय अनुक्रम खरेललाई नियन्त्रणमा लिएको हो ।
बुधबार बेलुका ७ बजे खरेलले उक्त होटल सञ्चालकलाई आफू नेपाल प्रहरीको ब्युरोको इन्सपेक्टर हुँ भन्दै धम्क्याएका थिए ।
साथै उनको शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्पास्मो ३ पत्ता (१ पत्तामा ८ वटा) २४ वटा ट्याबलेट फेलासमेत परेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।