पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

साविकको मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलको  प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

सबै