लालबन्दी : विष्णु गाउँपालिकाका आगलागीपीडित ६१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।
गाउँपालिका – १ बाराउधोरण पूर्वटोलमा हिजो जेठ १२ गते ३ बजे नेपाल प्रहरी श्रीमती संघको आयोजनामा राहत सामग्री वितरण गरिएको हो।
राहत सामग्री वितरणमा नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, विष्णु गाउँपालिका अध्यक्ष जवाहर लाल प्रसाद यादव, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेललगायत २०० जनाभन्दा बढी राहत वितरणमा उपस्थित थिए।
उनीहरूले पीडितहरूलाई खाद्यान्नलगायत सामग्री वितरण गरेका थिए।