सर्लाही । लालबन्दी नगरपालिका २ मा थप १८ जनामा क्षयरोग अर्थात् टिबीको संक्रमण देखिएको छ ।
चैत १८ गतेदेखि २४ गतेसम्म निःशुल्क एकीकृत घुम्ती शिविर संचालन गर्दा १८ जनामा टिबी रोगको लक्षण देखा परेको हो ।
लालबन्दी २ का पुनर्वाससहित विभिन्न बस्तीहरुमा अघिल्लो वर्ष पनि ३५ जनामा क्षयरोग पुष्टी भएको थियो । एक सातासम्म प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर, लालबन्दी नगरपालिका, वडा कार्यालय र नगर अस्पताल लालबन्दीसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर तथा स्क्रिनिङ क्याम्प चलाउँदा १८ जनामा टिबीको रिपोर्ट पोजिटिभ देखिएको हो ।
साहका अनुसार टिबीका बिरामीलाई नेपाल सरकारले गरेको ब्यवस्था बमोजिम निःशुल्क औषधि सेवन गराउने काम भइरहेको छ । टिबी रोगीको पहिचान गर्न लालबन्दी नगरपालिका अन्य वडाले पनि यसैगरी स्वास्थ्य शिविरहरु आयोजना गरिरहेका छन् ।