सिमराबाट ११ वर्षीया बालिका बेपत्ता

सिमरा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएकी छन्। बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।

बालिका बेपत्ता भएपछि उनकी आमा गुलाप्सा खातुनले आज मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि निवेदन दिएकी हुन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार बालिका बेपत्ता भएको निवेदन प्राप्त हुनासाथ खोजी कार्य सुरु गरिएको छ।

प्रहरीले बालिकाको हुलिया तथा विवरणका आधारमा मातहतका सबै प्रहरी युनिटहरू र छिमेकी क्षेत्रहरूमा समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

सम्बन्धित समाचार

सबै