सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

बागमती । सर्लाहीको बागमती नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ।

बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा परी बागमती नगरपालिका–४ नयाँबस्ती बस्ने १६ वर्षीय राजिव तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि बारास्थित एसएल न्यूरो अस्पताल पुर्‍याइएको थियो।

उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै