रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले गाई गोरु तस्करी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
अवैध रूपमा भारततर्फ गाईगोरु लगिरहेको आरोपमा यमुनामाई गाउँपालिका-३ का ४५ वर्षीय महम्द गुफरान, ३५ वर्षीय ओहिद अन्सारी र २२ वर्षीय महम्द सम्सादलाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। उनीहरूलाई २ वटा गोरु, ४ वटा गाई र ३ वटा बाछा भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ परेका उनीहरू र गाईगोरु गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। गाई धनी फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।