एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन

लालबन्दी : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।

उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे। भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ।

उनी रौतहट-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

सम्बन्धित समाचार

सबै