
रौतहट : चितवनको मुग्लिङ-नारायणगढ सडकखण्डमा गएको पहिरोले रौतहट आउँदै गरेको र पर्साबाट काठमाडौँ जाँदै गरेको दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ।
आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो।
काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन्।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उक्त स्थानमा सडक पनि अवरुद्ध भएको थियो। अहिले भने एकातर्फी सडक खुलाइएको छ। निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न भने सकेका छैनन्।
नारायणगढ–मुग्लिन पहिरो अपडेटः यी हुन् गौर जाँदै गरेको बसमा सवार यात्रुहरू
वीरगन्जको बसका साहुसहित २१ जनालाई बगायो पहिरोले (यात्रुहरूको नामावली)